भारतीय राजदूत र मन्त्री मेहताबीच छलफल, स्वास्थ्य क्षेत्रमा सहकार्यबारे कुराकानी « Khabarhub

भारतीय राजदूत र मन्त्री मेहताबीच छलफल, स्वास्थ्य क्षेत्रमा सहकार्यबारे कुराकानी


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच सोमबार भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल र भारतबीच सदियौंदेखि रहिआएको ऐतिहासिक तथा प्रगाढ सम्बन्ध, साथै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध पक्षबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे छन्। त्यसैगरी मन्त्री मेहताले नेपालका स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोगप्रति आभार प्रकट गरेकी छन्।

भेटमा दुवै पक्षबीच राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रहरूको विकास तथा स्वास्थ्य पूर्वाधार विस्तारमा आगामी दिनमा सहकार्य थप मजबुत बनाउने विषयमा सकारात्मक छलफल भएको जनाइएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ४ : २० बजे

एक लाखसम्म नगद छुटसहित ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

एसईईमा ननग्रेडेड विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गरिने

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको