दिलजीत दोसांझको कन्सर्ट विवाद के हो ? « Khabarhub

दिलजीत दोसांझको कन्सर्ट विवाद के हो ?


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसांझ हालै क्यानडाको क्यालगरीमा आयोजित आफ्नो कन्सर्टका कारण विवादमा तानिएका छन्।

 कार्यक्रममा केही व्यक्तिहरूले ‘प्रो–खालिस्तान’ झण्डा प्रदर्शन गर्दै विरोध जनाएपछि माहोल तनावपूर्ण बनेको थियो। उक्त घटनापछि सामाजिक सञ्जालमा पनि व्यापक बहस सुरु भएको छ।

विवादपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै दिलजीतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा स्पष्ट पारेका छन्। उनले कन्सर्टभित्र आएर फ्यानहरूलाई असहज बनाउने वा कार्यक्रम अवरोध गर्ने गतिविधि स्वीकार्य नहुने बताएका छन्।

दिलजीतले आफू कुनै पनि झण्डा, ब्यानर वा संगठनसँग सम्बन्धित नरहेको स्पष्ट पार्दै बाहिर बसेर शान्तिपूर्ण विरोध गर्न सकिने तर कार्यक्रमभित्र प्रवेश गरेर दर्शकलाई समस्या दिने कार्य सहन नसकिने उल्लेख गरेका छन्।

उनले सुरक्षाकर्मीलाई यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएको पनि बताएका छन्।

साथै, आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा फैलाइएका ‘फेक नैरेटिभ’प्रति आपत्ति जनाउँदै उनले लामो समयदेखि मौन बसे पनि अब स्पष्ट बोल्न बाध्य भएको प्रतिक्रिया दिएका छन्।

दिलजीतले आफ्ना कन्सर्टहरू शान्त, सुरक्षित र फ्यानमैत्री वातावरणमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ५ : ३६ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष