दिलजीत दोसांझको कन्सर्ट विवाद के हो ? « Khabarhub

दिलजीत दोसांझको कन्सर्ट विवाद के हो ?


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसांझ हालै क्यानडाको क्यालगरीमा आयोजित आफ्नो कन्सर्टका कारण विवादमा तानिएका छन्।

 कार्यक्रममा केही व्यक्तिहरूले ‘प्रो–खालिस्तान’ झण्डा प्रदर्शन गर्दै विरोध जनाएपछि माहोल तनावपूर्ण बनेको थियो। उक्त घटनापछि सामाजिक सञ्जालमा पनि व्यापक बहस सुरु भएको छ।

विवादपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै दिलजीतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा स्पष्ट पारेका छन्। उनले कन्सर्टभित्र आएर फ्यानहरूलाई असहज बनाउने वा कार्यक्रम अवरोध गर्ने गतिविधि स्वीकार्य नहुने बताएका छन्।

दिलजीतले आफू कुनै पनि झण्डा, ब्यानर वा संगठनसँग सम्बन्धित नरहेको स्पष्ट पार्दै बाहिर बसेर शान्तिपूर्ण विरोध गर्न सकिने तर कार्यक्रमभित्र प्रवेश गरेर दर्शकलाई समस्या दिने कार्य सहन नसकिने उल्लेख गरेका छन्।

उनले सुरक्षाकर्मीलाई यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएको पनि बताएका छन्।

साथै, आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा फैलाइएका ‘फेक नैरेटिभ’प्रति आपत्ति जनाउँदै उनले लामो समयदेखि मौन बसे पनि अब स्पष्ट बोल्न बाध्य भएको प्रतिक्रिया दिएका छन्।

दिलजीतले आफ्ना कन्सर्टहरू शान्त, सुरक्षित र फ्यानमैत्री वातावरणमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ५ : ३६ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि