चाहिएजति नर्सहरू तयार गर्न सरकारले ठोस योजना ल्याउनुपर्छ : अध्यक्ष शर्मा « Khabarhub

चाहिएजति नर्सहरू तयार गर्न सरकारले ठोस योजना ल्याउनुपर्छ : अध्यक्ष शर्मा


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले नेपालको नर्सिङ क्षेत्र गम्भीर चुनौतीबाट गुज्रिरहेको बताएकी छन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष शर्माले नर्सहरूको विदेश पलायन, न्यून पारिश्रमिक, र कार्यस्थलमा हुने असुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।

अध्यक्ष शर्माका अनुसार नेपालमा नर्सिङ शिक्षा वि.सं २०१३ सालदेखि सुरु भएकोमा हालसम्म आइपुग्दा प्रमाणपत्र तहदेखि ब्याचलर, मास्टर्स हुँदै पिएचडीसम्म पढाई हुँदै आएको छ । हाल नेपाल नर्सिङ परिषदमा झन्डै १ लाख २५ हजार नर्सहरू दर्ता भए पनि त्यसको एक तिहाइ हिस्सा (करिब ४० हजार बढी) विदेश पलायन भइसकेका छन् ।

‘सन् २०३० सम्म नेपाललाई ८१ हजार नर्सिङ जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ, तर हाल वार्षिक ५ हजारको हाराहारीमा मात्र नर्सहरू उत्पादन भइरहेका छन्,’ उनले भनिन्, ‘उत्पादन र मागबीचको यो खाडल पुर्न सरकारले ठोस योजना ल्याउनु जरुरी छ ।’

उनले निजी र सरकारी दुवै क्षेत्रका नर्सिङ पेसाकर्मीका बेग्लाबेग्लै समस्या रहेको बताइन् । निजी अस्पतालहरूमा नर्सहरूलाई न्यून पारिश्रमिकमा काम लगाइएको र मन्त्रालयले तोकेको न्यूनतम तलब समेत कार्यान्वयन नभएको उनको आरोप छ ।

कतिपय मेडिकल कलेजहरूमा अझै पनि नर्सहरूले सम्मानजनक वातावरणमा काम गर्न नपाएको र मानसिक रूपमा त्रसित हुनुपर्ने अवस्था रहेको उनले बताइन् ।

त्यस्तै सरकारी अस्पतालमा कार्यरत नर्सहरू १०–१५ वर्षसम्म एउटै तह (पाँचौँ तह) मा काम गर्न बाध्य छन् । कानुनी अड्चनका कारण उनीहरूको स्तर वृद्धि रोकिएको र यसले गर्दा कार्यक्षमता र उत्साहमा कमी आएको उनको बुझाइ छ ।

२०६६ सालमा तय गरिएको १५० रुपैयाँ रात्रिकालीन भत्ता र ३५० रुपैयाँ जोखिम भत्ता अझै परिमार्जन नभएकोमा अध्यक्ष शर्माले आपत्ति जनाएकी छन् । ‘हामीले २०८२ असोजमै आफ्ना मागहरू मन्त्रालयमा बुझाएका छौँ ।’ उनले भनिन् ।

‘राइट पर्सन इन राइट प्लेस’ को अवधारणा अनुसार विशेषज्ञता भएका नर्सहरूलाई सोही अनुसार परिचालन गर्नुपर्ने उनले माग गरेकी छन् ।

स्वास्थ्य मन्त्रालयले हालै ५६६ जना स्टाफ नर्स र अन्य केही पदका लागि दरबन्दी खोलेकोमा धन्यवाद व्यक्त गरेपनि उनले यो संख्या ऊँटको मुखमा जिरा जस्तै भएको टिप्पणी गरिन् । यसले नर्स–बिरामी अनुपात कायम हुन नसक्ने अध्यक्ष शर्माले बताइन् ।

सरकारले लागू गरेको साताको दुई दिने बिदाका सम्बन्धमा अध्यक्ष शर्माले नर्सहरूले पनि यो सुविधा पाउनुपर्ने अडान राखेकी छन् । ‘अरू कर्मचारीले बिदा पाउने तर बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीले नपाउने भन्ने हुँदैन । तर, जनशक्ति अभावका कारण एकजना नर्सले २५ ३० जना बिरामी हेर्नुपर्ने बाध्यता छ । त्यसैले दरबन्दी थपेर नर्सहरूलाई पनि समानताको आधारमा बिदा व्यवस्थापन गरिनुपर्छ,’ उनले भनिन् ।

कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहारप्रति संकेत गर्दै उनले नर्सहरूको कार्यस्थल सुरक्षाका लागि संघले निरन्तर अनुगमन र लबिइङ गरिरहेको जानकारी दिएकी छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ६ : २४ बजे

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल