वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल दुई रनले पराजित « Khabarhub

वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल दुई रनले पराजित


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको छ । डीएलएस मेथडका आधारमा स्कटल्याण्डले ३९ ओभरमा दिएको २२१ रनको लक्ष्य नेपालले पूरा गर्न सकेन ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो । तर, दोस्रो इनिङमा वर्षाका कारण खेल प्रभावित नेपालले डीएलएस मेथडमा ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो । नेपाल निर्धारित ३९ आभेरमा ७ विकेट गुमाउँदै २१८ रनमा समेटियो ।

नेपालका लागि गुल्सन झाले ३५ बलमा ६१ रन बनाए । अविजित रहेका गुल्सनले दुई चौका र पाँच छक्का प्रहार गरे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५५ रन बनाए ।

स्कटल्यान्डका ब्राड करीले तीन विकेट लिए । मार्क वाटले दुई विकेट लिँदा ओलिभर डेविडसन र ज्याक ग्रेभिसले समान एक विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४३ रनको योगफल खडा गरेको थियो । स्कटल्यान्डका जर्ज मुन्सीले ७५ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलमा १२ चौका र दुई छक्का प्रहार गरे ।

पहिलो इनिङमा स्कटल्याण्डका फिन्ले म्याककिएथले ३५ र माइकल इंग्लिसले अविजित ३४ रन बनाए । नेपालका सन्दीप लामिछानले सर्वाधिक चार विकेट लिए भने करण केसीले र नन्दन यादवले समान दुई विकेट लिए ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ६ : ४९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल