वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल दुई रनले पराजित « Khabarhub

वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल दुई रनले पराजित


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको छ । डीएलएस मेथडका आधारमा स्कटल्याण्डले ३९ ओभरमा दिएको २२१ रनको लक्ष्य नेपालले पूरा गर्न सकेन ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो । तर, दोस्रो इनिङमा वर्षाका कारण खेल प्रभावित नेपालले डीएलएस मेथडमा ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो । नेपाल निर्धारित ३९ आभेरमा ७ विकेट गुमाउँदै २१८ रनमा समेटियो ।

नेपालका लागि गुल्सन झाले ३५ बलमा ६१ रन बनाए । अविजित रहेका गुल्सनले दुई चौका र पाँच छक्का प्रहार गरे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५५ रन बनाए ।

स्कटल्यान्डका ब्राड करीले तीन विकेट लिए । मार्क वाटले दुई विकेट लिँदा ओलिभर डेविडसन र ज्याक ग्रेभिसले समान एक विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४३ रनको योगफल खडा गरेको थियो । स्कटल्यान्डका जर्ज मुन्सीले ७५ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलमा १२ चौका र दुई छक्का प्रहार गरे ।

पहिलो इनिङमा स्कटल्याण्डका फिन्ले म्याककिएथले ३५ र माइकल इंग्लिसले अविजित ३४ रन बनाए । नेपालका सन्दीप लामिछानले सर्वाधिक चार विकेट लिए भने करण केसीले र नन्दन यादवले समान दुई विकेट लिए ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ६ : ४९ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित