विमलेन्द्र भन्छन् : सल्लाहै नगरी गगनले मनोनित गरे, कांग्रेस मिल्ने सम्भावना छैन « Khabarhub

विमलेन्द्र भन्छन् : सल्लाहै नगरी गगनले मनोनित गरे, कांग्रेस मिल्ने सम्भावना छैन


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य मनोनयनप्रति आफूहरूको असहमति रहेको बताएका छन्।

मंगलबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले आफूहरूसँग कुनै छलफल नगरि सभापति गगन थापाले १९ जना केन्द्रीय सदस्य मनोनित गरेको भन्दै त्यसमा असहमति रहेको बताए ।

उनले अझै पनि कांग्रेसमा चौधौँ महाधिवेशनको पक्षधर र विशेष महाधिवेशन पक्षधर फरक–फरक ठाँउमा रहेको उल्लेख गरे ।

आफूहरू र विशेष महाधिवेशन पक्षधरबीच मेलमिलाप हुँदैछ भन्ने कुरा भ्रममात्रै रहेको उनको भनाइ छ ।

उनले केन्द्रीय कार्यसमिति सदस्य मनोनयन भएकाहरू आफ्नै व्यक्तिगत निर्णयबाट अर्को पक्षमा गएको हुन सक्ने बताए ।

यसअघि सोमबार सभापति थापाले महेन्द्र यादव, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, चन्द्रकान्त भण्डारी, जीवन परियार लगाएत १९ जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए ।

यसअघि तत्कालीन उपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले पनि थापाको यो निर्णयमा असहमति जनाइसकेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ७ : १६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर