एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य « Khabarhub

एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

खोटाङ – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा यहाँको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित जनता माध्यमिक विद्यालयको नतिजा शून्य भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उक्त विद्यालयका १२ विद्यार्थी एसइईमा सहभागी भएकामा १२ जना नै अनुत्तीर्ण भएका हुन् ।

दश स्थानीय तह रहेको जिल्लामा ६५ दशमलव ४२ प्रतिशत विद्यार्थीले एसइई उत्तीर्ण गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइले दिएको जानकारीअनुसार यस वर्ष अघिल्लो वर्षभन्दा १० दशमलव ७३ प्रतिशतले एसइईको नतिजामा सुधार आएको छ ।

गत वर्षको एसइईमा जिल्लाभर ५४ दशमलव ६९ प्रतिशत विद्यार्थीले मात्र एसइई उत्तीर्ण गरेका थिए । यस वर्ष जिल्लाका एक सय पाँच वटा माध्यमिक विद्यालयबाट दुई हजार ८५७ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।

साधारण धारतर्फ दुई हजार ४५२ जना सहभागी भएकामा एक हजार ६५५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा तीन दशमलव छ देखि चार जिपिएसम्म ७२ जना, तीन दशमलव दुईदेखि तीन दशमलव छसम्म दुई सय ३७ जना, दुई दशमलव आठदेखि तीन दशमलव दुईसम्म छ सय ६५ जना, दुई दशमलव चारदेखि दुई दशमलव आठसम्म छ सय १८ जना, दुईदेखि दुई दशमलव चारसम्म ५८ जना, एक दशमलव छदेखि दुई जिपिए ल्याउने पाँच र अवर्गीकृत सात सय ९७ जना विद्यार्थी रहेका छन् ।

यस्तै, प्राविधिक धारतर्फ एक ५४ जना विद्यार्थीमा ३२ दशमलव ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तीर्थराज विश्वकर्माले जानकारी दिनुभएको छ । जिल्लामा यस वर्ष एसइइमा दिक्तेल बोर्डिङ स्कुलका छात्र अभय सिंहले ३।९५ जिपिए ल्याएर उत्कृष्ट भएका छन् ।

सोही विद्यालयका आयुस खनालले ३।९२ र रोजन थापाले ३।९१ जिपिए ल्याएका छन् । सामुदायिक विद्यालयतर्फ सरस्वती मावि दिक्तेलका दिपिका शाक्यले तीन दशमलव ८६, डेनिसा अधिकारीले तीन दशमलव ८२ र त्रिभुवन मावि एँेसेलुखर्ककी स्पन्दना राईले तीन दशमलव ८३ जिपिए ल्याएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ८ : ३८ बजे

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला