नदीकिनारका बस्ती हटाउने घटनाबारे संयुक्त राष्ट्रसंघको चासो « Khabarhub

नदीकिनारका बस्ती हटाउने घटनाबारे संयुक्त राष्ट्रसंघको चासो


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा भइरहेको घरटहरा हटाउने घटनामाथि संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले सक्रिय निगरानी सुरु गरेका छन् ।

जेन जेड मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहलाई पठाइएको आधिकारिक जवाफमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले काठमाडौंका विभिन्न स्थानमा भइरहेको डोजर अभियान र त्यससँग सम्बन्धित मृत्यु घटनाबारे विस्तृत जानकारी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकहरू कोल्डो कास्ला, पाउला गाभिरिया बेटानकुर र एलेना क्यारोलिना डियाज गालानलाई पठाइएको जनाएको छ।

संयुक्त राष्ट्रसंघीय विज्ञहरूले थापाथली, बल्खु र मनोहरा क्षेत्रका नदीकिनार बस्तीमा भइरहेको बलपूर्वक हटाउने कार्यप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन्।

साथै, बल्खुमा गत वैशाख ३० गते ६१ वर्षीय इन्द्रबहादुर राईले बागमती नदीमा हाम फालेर ज्यान गुमाएको तथा थापाथलीमा १७ वर्षीय रबिन तामाङ वैशाख २९ गते मृत फेला परेको घटनालाई पनि विशेष रूपमा उल्लेख गरिएको छ। यी दुवै घटना जारी डोजर अभियानकै बीच भएका बताइएको छ।

संयुक्त राष्ट्रसंघले विस्थापित परिवारहरूको अवस्था, आगामी योजनाबद्ध हटाउने अभियान, प्रभावित नागरिकहरूको कुल संख्या तथा यसमा संलग्न सरकारी निकायबारे थप विवरण माग गरेको छ।

यससँगै काठमाडौंका नदीकिनार बस्तीमा भइरहेको हटाउने अभियान अब स्थानीय विवादको विषय मात्र नरही अन्तर्राष्ट्रिय मानवअधिकार चासोको विषय बनेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ९ : २९ बजे

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ – स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को

हाइटीलाई ४-२ गोलले हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल