ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व संकलन « Khabarhub

ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व संकलन


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २२३ चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १८ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९४ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १५० जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १७७ जना तथा तीव्र गतिमा सवारी चलाउने ११८ जनामाथि कारबाही गरिएको छ।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने ६१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १५४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९८ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १२० जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

यसबाहेक विभिन्न सवारी नियम उल्लङ्घन गर्ने अन्य एक हजार २५१ चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन तथा सवारी नियमको पालना गराउन नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ७ : ०४ बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्