मङ्गलेखानीमा खेलमैदान निर्माण « Khabarhub

मङ्गलेखानीमा खेलमैदान निर्माण


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् । 

मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेकामा स्थानीयले ३४ लाखभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण युवा क्लबको अगुवाइमा खेलमैदान निर्माण भएको हो। 

उपभोक्ता समितिका अध्यक्ष फमान छन्त्यालका अनुसार ४४ लाख ३० हजारको लागतमा निर्माण भएको खेलमैदान बनाउन दाताहरूले २६ लाख ९० हजार, रघुगङ्गा गाउँपालिकामा निर्माण भएको अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवर्द्धक तुँदी पावरले पाँच लाख र ठूलोखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक संयुक्त ऊर्जा कम्पनीले दुई लाख ५० हजार प्रदान गरेका हुन् । 

स्व डेनिस भलन्जा छन्त्यालको स्मृतिमा उनका परिवारले दुई लाख सहयोग गरे। अन्य सहयोग प्रवास र पूर्वखेलाडी तथा स्थानीयवासीबाट जुटाएको अध्यक्ष छन्त्यालले बताए। सोह्र मिटर चौडा र ३० मिटर लामो खेलमैदानमा प्यारापिटलगायत दर्शकका निम्ति आवश्यक संरचना पनि निर्माण भएका छन् । 

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ८ : ४७ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका