परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने « Khabarhub

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी छिमेकी चीन जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा द्विपक्षीय वार्ता गर्नेछन्।

वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हित र सहकार्यका विविध विषयमा छलफल हुने भएको छ। उनले चीनका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई नेपालमा वैदेशिक लगानी प्रवर्द्धनका विषयमा चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्नेछन्।

त्यसैगरी, नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी भई त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खनाल असार ३ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  १ : १० बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा