१०औँ राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो साता हुने « Khabarhub

१०औँ राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो साता हुने


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बास्केटबल संघको आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल च्याम्पियनसिप आगामी असारको पहिलो साता आयोजना हुने भएको छ ।  

बास्केटबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी असार १ देखि ६ गतेसम्म कीर्तिपुरस्थित इन्डोर कभर्ड हल राष्ट्रिय खुला महिला बास्केटबल च्याम्पियनसिप आयोजना गरिएको जनाएको हो ।

च्याम्पियनसिपमा कास्कीको अन्नपूर्ण बास्केटबल एसोसिएसन, सुनसरी बास्केटबल एसोसिएसन, आईएसए नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, लुम्बिनी प्रदेश, ट्रेनिङ ग्राउण्ड, बुढानीलकण्ठ नगरपालिका र ग्रान्डे स्टार्स गरि ८ टीमको सहभागीता रहने नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी साबा महिला बास्केटबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टोलीमा छनोट गरिने उनले बताए । 

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ, उत्कृष्ट खेलाडी (एमभीपी) ले १० हजार रुपैयाँ, उदीयमान टोलीले १० हजार रुपैयाँ तथा उपत्यकाबाहिरबाट सहभागी उत्कृष्ट उदीयमान खेलाडीले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संघले जनाएको छ । 

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ५ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार