कतारका पूर्वअमिरको निधन « Khabarhub

कतारका पूर्वअमिरको निधन


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन भएको छ । कतारको अमिरी दिवानले दिएको जानकारी अनुसार वर्तमान अमिरका पिता अल थानीको ७४ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।

अल थानीको निधनको शोकमा कतारमा सोमबारदेखि चार दिने शोकको घोषणा गरिएको छ । सोमबारदेखि कतारमा चार दिन शोकबिदा दिइएको छ भने झण्डा आधा झुकाइने छ ।

अल थानीले सन् १९९५ देखि सन् २०१३ सम्म कतारको शासन गरेका थिए । उनलाई कतारको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासको जस दिने गरिन्छ ।

उनकै शासनकालमा सन् २००४ मा कतारमा पहिलो स्थायी संविधान जारी गरिएको थियो । महिलालाई समेत मताधिकार दिने तथा निर्वाचनमा उम्मेदवार बन्नसक्ने प्रावधानका कारण उक्त संविधानलाई प्रगतिशील मानिन्छ ।

सन् २०१३ मा उनले आफ्ना ३३ वर्षका छोरा शेख तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  २ : ४१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले