बाटोघाटोको व्यवस्था छैन, सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य बनाइयो : दुर्गा प्रसाईँ « Khabarhub

बाटोघाटोको व्यवस्था छैन, सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य बनाइयो : दुर्गा प्रसाईँ


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी अभियन्ता दुर्गा प्रसाईँले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन् ।

निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र काठमाडौँ महानगरको अव्यवहारिक जरिवानाका कारण सर्वसाधारण र गरिब जनताहरू आत्महत्या गर्न बाध्य भएको बताउँदै गणेश नेपालीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । 

प्रसाईँले  जनताले जुन आशा र भरोसाका साथ भोट दिएर नयाँ नेतृत्व ल्याए, अहिले उनीहरूबाटै गरिब र उत्पीडित वर्गको उठिबास लगाउने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरे ।  

प्रसाईँले देशमा कुनै पनि पूर्वाधार र बाटोघाटोको राम्रो व्यवस्था नभएको अवस्थामा सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य पारिएको जिकिर गरे ।

प्रसाईँले आफू कुनै पनि कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको तर व्यवस्थाको विकृतिका विरुद्ध र सर्वसाधारणको हकअधिकारका निम्ति आफ्नो लडाइँ र आन्दोलन निरन्तर जारी रहने चेतावनी दिए । 

प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्ने प्रयास गरेपछि प्रहरीले प्रसाईँलाई कार्यक्रम गर्न नदिई नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याएको थियो। 

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ६ : ३३ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको