सरकार प्रश्नै प्रश्नले घेरिएपछि बालेन आफैं पुगे रवि निवास « Khabarhub

सरकार प्रश्नै प्रश्नले घेरिएपछि बालेन आफैं पुगे रवि निवास

चार घण्टासम्म एक्ला एक्लै छलफल


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेबीच आइतबार चार घण्टा लामो वार्ता भएको छ।

काठमाडौंको बूढानीलकण्ठस्थित लामिछानेको निवासमा उनीहरूबीच चार घण्टासम्म वार्ता भएको हो।

आइतबार दिउँसो भएको भेटवार्तामा प्रधानमन्त्री बालेन र लामिछानेबीच पछिल्लो राजनीति अवस्था, सुकुम्बासीको अस्तव्यस्त जीवन र मुलुकको पछिल्लो परिस्थितिबारे छलफल भएको बताइएको छ।

दुवैजनाको सचिवालयका सदस्यहरूले दिएको जानकारी अनुसार रविले वालेन्द्रलाई समय बदलिएकाले परिस्थिति नियालेर काम गर्नुपर्ने सुझाएका थिए ।

उनीहरूबीच सुकुम्वासी व्यवस्थापन र सरकारको कामबारे भइरहेको तीव्र असन्तुष्टिका विषयमा लामो संवाद भएको छ। दुवैजनाबीच एक्ला एक्लै वार्ता भएको हो ।

‘तीन घण्टा लामो छलफल भएको हो । धेरै समय उहाँहरू एक्ला एक्लै बस्नुभयो। त्यस बीचमा केही नेताहरू उपस्थित भएको हुनुपर्छ’, एक सहयोगीले भने ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले रविलाई भेट्न बालेन आफै बूढानीलकण्ठ पुगेका हुन् । उनीहरूबीच आइतबार बिहान ११ बजेदेखि ३ बजेसम्म संवाद भएको हो । शुक्रबार बेलुका टेलिफोनमा संवाद गरेपछि उनीहरू छलफलमा बसेका हुन्।

आइतबार मात्रै आधा दर्जनमन्त्री लर्को लागेर सुकुम्वासीलाई भेट्न भक्तपुरको खरिपाटि पुगे । सुकुम्वासीलाई भेट्न गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव, महिला मन्त्री सीता वादी र भूमि व्यवस्था मन्त्री प्रतिभा रावल खरिपाटी गएका थिए । तर रवि र बालेनले अझैसम्म गणेश नेपाालीको आत्मदाह र सुकुम्वासीको पीडाबारे एक शब्द बोलेका छैनन् ।

उता माइती घर मण्डलमा सुकुम्वासीहरूको विरोध चर्किरहँदा मन्त्री भने खरिपाटी पुगेर केही सुकुम्वासीका प्रतिनिधिहरूसँग गफ गरेर फिरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ६ : ५३ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११