अर्थसहित पाँचवटा समितिको बैठक बस्दै « Khabarhub

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा उपसमितिहरुका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक– २०८१ मा परेको संशोधनहरुमाथि संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल हुनेछ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा छलफल गर्ने तयारी छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ७ : ३४ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो