एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित) « Khabarhub

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित)


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ । चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म (नेपाल संवत्अनुसार गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म) एक महिना मनाइने यो पर्वमा बौद्धमार्गीहरुले विभिन्न परम्परागत बाजागाजासहित बौद्ध चैत्यको परिक्रमा गर्ने तथा विशेष पूजा–आराधना गर्ने गर्छन् ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना हुन्छ । नेपाल संवत् प्रारम्भ भएको नौ महिना पूरा भएपछि मनाइने यो पर्वका दुई पक्षलाई ‘गुँलाथ्व’ र ‘गुँलागा’ भन्ने गरिन्छ ।

गुँला पर्व सुरु भएसँगै काठमाडौँको स्वयम्भू महाचैत्यमा भक्तजनको चहलपहल बढेको छ । पर्वका अवसरमा विशेषगरी विभिन्न परम्परागत बाजा बजाउँदै स्वयम्भूको परिक्रमा गर्ने प्रचलन छ । गुँला पर्व बौद्धमार्गीको प्रमुख पर्व भए पनि पछिल्लो समय अन्य समुदायका मानिससमेत सहभागी हुने गरेका छन्।

गुँला पर्वका अवसरमा बौद्धमार्गीले दैनिक स्वयम्भू महाचैत्यको परिक्रमा गर्नुका साथै बौद्धनाथ, पाटनको पुलचोक तथा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका चैत्यको समेत परिक्रमा गर्ने गर्छन्। टोल–टोलबाट समूहमा बाजागाजासहित निस्किएर चैत्य तथा स्थानीय देवदेवीको परिक्रमा गर्ने परम्परा पनि रहेको छ।

गुँला पर्वको प्रमुख विशेषतामध्ये ‘न्याकुँ’ बाजा पनि एक हो । राँगाको सिङबाट बनाइने न्याकुँसहित धाः, धिमे, भुस्या, बाँसुरीलगायतका परम्परागत बाजा बजाएर पर्व मनाउने गरिन्छ । बाजागाजासहित चैत्यको परिक्रमा गर्नुका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरवलगायत देवीदेवताको पूजा तथा परिक्रमा गर्ने चलनसमेत रहेको छ।

गुँला पर्व खेतीपातीको मुख्य काम सकिएपछि मानिसहरू केही फुर्सदिलो हुने समय र अन्य चाडपर्वको आगमनलाई समेत जोडेर सामुदायिक रूपमा खुसी साटासाट गर्ने पर्वका रूपमा पनि लिइन्छ। पर्व अवधिभर बौद्धमार्गीले बुद्धको विशेष पूजा–आराधना गर्दै धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्छन् ।

पछिल्ला वर्षहरूमा गुँला पर्वमा मौलिक बाजागाजाको प्रयोग र सहभागिता बढ्दै गएको छ । यसले नेवार समुदायको धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको गुँला पर्वको परम्परालाई नयाँ पुस्तामाझ समेत निरन्तरता दिन सहयोग पुगेको स्थानीयको भनाइ छ। एक महिनासम्म विभिन्न बाजागाजासहित चैत्य परिक्रमा र पूजा–आराधना गर्दै गुँला पर्व मनाइनेछ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ७ : ५६ बजे

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल