पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’ « Khabarhub

पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनुले स्वतन्त्र प्रेसप्रति सरकारको प्रतिबद्धता कमजोर रहेको पुष्टि हुने राप्रपाको ठहर छ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै समाचारको विषयमा उजुरी र छानबिन गर्ने प्रेस काउन्सिलजस्ता वैधानिक निकाय हुँदाहुँदै सिधै प्रहरी प्रशासन प्रयोग गरिनु गलत भएको बताएका छन्। “समाचारको विषयमा छानबिन गर्ने निकाय छाडेर सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोज्नु उपयुक्त हुँदैन,” उनले भनेका छन्।

राज्यका संयन्त्रहरूको मनोबल कमजोर बनाएर सरकारले के हासिल गर्न खोजेको भन्दै प्रश्नसमेत उठाइएको छ। राप्रपाले स्वतन्त्र प्रेसलाई निर्वाध काम गर्ने वातावरण बनाउन, सम्बन्धित निकायबाटै नियमन गराउन र पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ८ : ५९ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी