यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन « Khabarhub

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन


२८ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा जम्मा ७७ करोड ५१ लाख  २९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रमुख भुवन जोशीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ तुलनामा त्यो रकम एक करोड ९५ लाख दुई हजार ३६५ ले बढी हो । 

त्यस कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा राजस्वका विभिन्न शीर्षकबाट ७५ करोड ५६ लाख २७ हजार ३५५ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

सङ्कलित राजस्वमध्ये सबैभन्दा बढी सवारीसाधन करबाट ५९ करोड ३७ लाख १४ हजार ३८० रुपैयाँ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट एक हजार चार सय रुपैयाँ सङ्कलन भएको छ ।

त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १६ करोड ५५ लाख ८९ हजार ७४५ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट इजाजत) बाट एक करोड ४१ लाख १३ हजार ८३५ रुपैयाँ र व्यवसाय रजिष्ट्र दस्तुरबाट १६ लाख ७८ हजार २२० रुपैयाँ रकम सङ्कलन भएको छ । 

कार्यालयको बिमादाबी प्राप्ति ३२ हजार १४० रहेको जनाइएको छ । 

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  १२ : २६ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि