गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश « Khabarhub

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

नयाँ पुस्ता अघि बढ्दा पुरानालाई बेवास्ता नगर्न आग्रह


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो स्वास्थ्योपचारपछि स्वदेश फर्किएर एउटा राजनीतिक सन्देश दिएका छन्।

वालेन्द्र शाह नेतृत्वको सरकार आएदेखि पटक पटक पक्राउ र रेड नोटिसको प्रयासबीच विदेशमै रोकिएका उनी बिहीबार काठमाडौं आउँदा रेडकार्पेटदेखि सनरुफमा स्वागत गरिएको छ।

बिहीबार स्वदेश फर्किएपछि जारी गरेको वक्तव्यमा देउवाले गत पुसमा दोस्रो विशेष महाधिवेशन गरेर आफूलाई पार्टी नेतृत्वबाट बिदा गरेका गगन थापाप्रति नरम देखिएका छन्।

उनले बीपी कोइरालाको मेलमिलापको नीतिमा आफूले विश्वास गर्दै घर फर्किएको बताएका छन् । उनले सभापति थापाको नाम नलिए पनि इगोले पार्टीलाई झन् समस्यामा पार्ने बताएका छन् ।

‘युवा अघि बढ्नुपर्छ, तर पाका र अनुभवी सबै खराब हुन् भन्ने भाष्य गलत हो’, उनले भनेका छन् । देउवाले युवालाई अघि बढाउँदा पाकालाई पनि सम्मान गर्नु आवश्यक रहेको सन्देश दिएर कांग्रेसको पुस्तान्तरण बहसलाई स्वीकारेका छन्।

देउवाले आफू पद वा शक्ति हासिल गर्ने उद्देश्यले नभई राष्ट्रिय एकता बलियो बनाउन सक्रिय हुन स्वदेश फर्किएको सन्देश पनि दिएका छन्।

सरकारबारे नरम : वालेन्द्र शाह नेतृत्वको सरकारप्रति देउवा प्रत्यक्ष आक्रामक देखिएका छैनन्। तर ‘जनताको परिवर्तनको आकांक्षा पूरा गर्नु वर्तमान सरकारको दायित्व हो’ भनेर उनले एउटा सन्देश दिएका छन् । अहिलेको सरकारले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा जनताको चाहना सम्बोधनमा ध्यान दिनुपर्ने सन्देश उनले दिएका छन्।

जेन-जी आन्दोलनको माग सम्बोधन गर्नुपर्ने : गत भदौ २३ र २४ को आन्दोलनमार्फत् युवा पुस्ताले उठाएको परिवर्तनको मागलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने उनले बताएका छन्। गत भदौको जेन-जी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको पनि उनले उल्लेख गरेका छन्।

युवालाई अघि बढाउँदा पुरानो पुस्तालाई खारेज नगरौँ : देउवाले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने तर पाका तथा अनुभवी पुस्तालाई नै खराब देखाउने भाष्य गलत भएको सन्देश दिएका छन्। आफ्नो राजनीतिक अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको पनि उनले बताएका छन्।

सरकारले जनताको परिवर्तनको आकांक्षा पूरा गर्नुपर्छ : देउवाले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारलाई जनताको परिवर्तनको चाहना सम्बोधन गर्न आग्रह गरेका छन्। जनादेशको सम्मान नगरे सत्तारुढ दल र मुलुक दुवैका लागि हितकर नहुने चेतावनी उनले दिएका छन्। परिवर्तन व्यवस्थापनमा सहयोग गर्न कांग्रेस तयार रहेको पनि उनले बताएका छन्।

कांग्रेसभित्रको विवाद तत्काल समाधान गर्नुपर्ने : पार्टीमा देखिएको असहमति र निराशा अन्त्य गर्दै कांग्रेस एकताबद्ध हुनुपर्ने देउवाको जोड छ। ‘कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरि हितमा केन्द्रित हुनुपर्छ’ भन्ने उनको सन्देश छ।

गगन थापाको नाम नलिए पनि नेतृत्वलाई सन्देश : वक्तव्यमा वर्तमान सभापति गगनकुमार थापाको नाम प्रत्यक्ष रूपमा उल्लेख गरेका छैनन्। तर युवा पुस्तालाई अघि बढाउनुपर्ने, अनुभवी पुस्तालाई खराब देखाउने भाष्य गलत भएको उनले बताएका छन् ।

देउवाले कांग्रेसभित्रको असहमति तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्। उनले पछिल्लो पटक कांग्रेसको पुस्तान्तरण र नेतृत्व विवादबारे पनि बोलेका छन् । यसलाई देउवाले अप्रत्यक्ष रुपमा राजनीतिक सन्देशका रूपमा थापा पक्षलाई पनि सचेत गरएका छन् ।

राष्ट्रिय सहमति र संविधान संरक्षणमा जोड : संविधान संरक्षण गर्दै आवश्यक संशोधन पनि राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने देउवाको धारणा छ। कांग्रेससहित सबै राजनीतिक दलले सहमति र सहकार्य गरेर राष्ट्रियता तथा लोकतन्त्र सुदृढ गर्नुपर्ने उनले बताएका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १ : ४९ बजे

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले