विमानस्थल भन्सार प्रणाली स्वचालित बनाउन निर्देशन « Khabarhub

विमानस्थल भन्सार प्रणाली स्वचालित बनाउन निर्देशन


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन विमानस्थलको भन्सार जाँचपास प्रणालीलाई एकीकृत एवं स्वचालित बनाउन सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विमानस्थलको कार्गो क्षेत्रको व्यवस्थापनमा अन्तरनिकाय समन्वयको अभावमा कार्गो जाँचपास झन्झटिलो भएकाले भन्सार जाँचपास प्रणालीलाई एकीकृत एवं स्वचालित बनाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकले अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका सम्पूर्ण पसलहरूमा बिल बीजक जारी गर्ने व्यवस्था लागू गर्न समेत निर्देशन दिएको छ भने अन्तर्राष्ट्रिय विमानस्थलभित्र अध्यागमन र भन्सार कार्यालयको परिसर साँघुरो भएकाले त्यसको आवश्यक विस्तार तथा व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए ।

बैठकले आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्रको कर्जा विस्तार लक्ष्य १२ प्रतिशत रहेकामा ६.५ प्रतिशत मात्र देखिएकाले चालू वर्षको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कर्जा प्रवाहमा देखिएका अवरोध पहिचान गरी सुधारात्मक कदम चाल्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

साथै बैठकले लघुवित्त संस्थाहरूबाट ऋण प्रवाहमा देखिएको दोहोरोपना र ऋण असुलीमा देखिएका गम्भीर समस्याहरूलाई तत्काल सम्बोधन गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिने निर्णय भएको सभापति बुढाथोकीले बताए । 

समिति अन्तर्गत गठित विभिन्न उपसमितिहरूको प्रतिवेदनका आधारमा नेपालमा सञ्चालित उद्योगहरूका लागि प्रतिस्पर्धी दरमा गुणस्तरीय एवं भरपर्दो विद्युत आपूर्तिको सुनिश्चितता लागि आवश्यक व्यवस्था गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ भने दुर्गम एवं पिछडिएको क्षेत्र तथा मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रमा विशेष छुटसहितको विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याउने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ३ : ४० बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी