बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा  « Khabarhub

बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा 


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका किसान चिन्तित बनेका छन् । 

भित्र्याउने बेलाको खेतबारीमा लगाइएको मकै बाँदरको हुलले सखाप पार्न थालेपछि किसानहरू समस्यामा परेका हुन् ।

किसानको मुख्य बालीका रूपमा लगाइएको मकै बाँदरले खान थालेपछि किसानहरू दिनरात मकै जोगाउन र बाँदर धपाउन जोखिम मोल्न बाध्य छन् । बाँदर धपाउने क्रममा स्थानीयमाथि आक्रमणसमेत हुन थालेको छ ।

बुधबार २/३ सयको हुलमा मकै खान बारीमा पसेका बाँदर धपाउने क्रममा वैतेश्वर गाउँपालिका–६ का प्रशुराम घिमिरे घाइते भए । बारीमा मकै खाइरहेका बाँदरलाई लखेट्न खोज्दा उल्टै आफूमाथि बाँदर आइलागेर कुटेको घिमिरेले बताए । 

बाँदरको कुटाइ र टोकाइबाट उनको हातखुट्टामा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

वैतेश्वर क्षेत्रमा गरिएको अनुगमनका क्रममा करिब ३ देखि ७ सयको संख्यामा बाँदर रहेको पाइएको छ । 

वैतेश्वरका नाम्दु, घिमिरे टार, खनियाचौर, बनगाउँ, मार्बु, पात्ले, मिर्गे, मजुवा पाइले, खानीगाउँ, चिलाउनेखड्का, कालथोक, डाँडागाउँलगायतका बस्तीमा बाँदरको आतंक बढी रहेको स्थानीयले बताएका छन् ।

यी गाउँमा पछिल्लो समय स्थानीयको दैनिकीजस्तै बाँदर धपाउने र मकै कुरेर बित्ने गरेको छ । खेतबारीमा लगाएको बाली जोगाउन किसानहरू बिहानदेखि साँझसम्म बारीमै बस्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

मकै पाकेर भित्र्याउने समयमै बाँदरको हुल आएर बाली नष्ट गर्न थालेपछि किसानहरू यस वर्षको उत्पादन घट्ने चिन्तामा छन् । 

बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी उपाय अपनाउनुपर्ने किसानहरूको माग छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ४ : १३ बजे

बीपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

बनेपा– लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार