रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो « Khabarhub

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो


२८ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता भएका थप पाँच जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको छ । योसँगै उक्त पहिरोमा परेर १० जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । उनीहरुको शव आज छिमेकी जिल्ला प्युठानमा नदी किनारको विभिन्न क्षेत्रमा भेटिएको हो । शवको पहिचान भइसकेको छ ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पहिरोमा परेर बेपत्ता रोल्पाको थवाङ गाउँपालिका–५ का ३८ वर्षीया जुनकुमारी पुन मगर, पाँच वर्षीय अशोक पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्तीको शव भेटिएको हो । पहिरोमा परेर तीन जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ९ : ३६ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला