मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व « Khabarhub

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले १५ दिनमै १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

रसुवागढी–केरुङ र तातोपानी नाका अवरुद्ध भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख विदुर चुडालका अनुसार शुक्रबार मात्रै एकै दिन २७ करोड ११ लाख रुपैयाँ राजस्व उठेको छ । भदौ २२ यता दैनिक औसत ३० करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन भइरहेको चुडालले बताए ।

शुक्रबार ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारी साधन (इभी) को भन्सार जाँचपास गरिएको छ । भदौ १० यता २५ गतेसम्म कोरलानाकाबाट ४३४ वटा कन्टेनर र ६४१ वटा इभी भन्सार जाँचपास भएर भित्रिएका छन् । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ सम्म कोरलानाका हुँदै कुल २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व उठेको छ ।

२०८० असोज अघि उपल्लो मुस्ताङका स्थानीयका लागि मात्र खुला गरिएको कोरलानाकालाई नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि वैकल्पिक निकासी–पैठारी नाकाका रूपमा खुला गरेको थियो । गत आव २०८२/८३ मा मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ६ : ३७ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न