जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा « Khabarhub

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक समूह (ब्यान्ड) को सुरुआत गरेका छन् । बेनीस्थित खुलामञ्चमा म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा दुतराजको ‘दुतराज प्रकाश एन्ड लाइनअप’ सार्वजनिक गरिएको हो ।

मङ्गला गाउँपालिका–५ अर्मनमा जन्मिएका र सदरमुकाम बेनीमा हुर्किएका दुतराजले नेपालमै पहिलो पटक लोकसङ्गीत साङ्गीतिक समूह बनाएको दाबी गरे । “विभिन्न विधाका वाद्यवादक र प्राविधिक समेटेर लोकसङ्गीतमा नौलो अभ्यासमार्फत दर्शकमाझ पुग्ने अभियान जन्मथलोबाटै सुरु गरेको छु,” उनले भने, “अहिलेलाई १४ वर्षदेखि देखेको सपना पूरा भएको छ ।”

अबका साङ्गीतिक प्रस्तुति ट्रयाकभन्दा पनि ब्यान्डको प्रत्यक्ष वाद्यवादनसहित हुने उनले जानकारी दिए । ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजाको प्रवर्द्धन गर्ने उनको लक्ष्य छ । दुतराजको नेतृत्वमा रहेको समूहमा वाद्यवादकसहित १२ जना कलाकार छन् । ब्यान्डले छिट्टै देशव्यापी साङ्गीतिक यात्रा (नेपाल टुर) गर्ने तयारी गरेको छ ।

कार्यक्रममा प्रतिकूल मौसमका बाबजुद दुतराजको प्रस्तुति हेर्न म्याग्दीका साथै छिमेकी बागलुङ र पर्वतबाट ठूलो सङ्ख्यामा दर्शक बेनी पुगेका थिए । प्रस्तुतिअघि विगतका सङ्घर्षका दिन सम्झिँदै दुतराजले दर्शक तथा शुभचिन्तकसँग निरन्तर सहयोगको अपेक्षा गरे । आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले विपन्न पृष्ठभूमिबाट आएका दुतराजको सङ्घर्ष र सफलता प्रेरणादायी रहेको बताए ।

कार्यक्रमका अवसरमा म्याग्देली बालकलाकार क्रियशन रोकामगरलाई सम्मान गरिएको थियो । दुतराजका ‘मनमाया’, ‘घर कता हो बैनीको’, ‘रिमै’, ‘रेशम’, ‘छैन र माया’, ‘ऐना झ्यालैमा’ लगायतका लोकगीत चर्चित छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ८ : १३ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी