मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने « Khabarhub

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ आङ्गिक क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार मधेश प्रदेशका विद्यार्थीलाई स्थानीयस्तरमै गुणस्तरीय प्राविधिक शिक्षा उपलब्ध गराउन यो कदम चालिएको हो ।

मन्त्री पोखरेलले नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्न अध्ययन समिति गठन गर्न लागिएको जानकारी दिए । समितिको प्रतिवेदनका आधारमा स्थान तय गरी आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने लक्ष्य राखिएको छ ।

“प्रत्येक वर्ष मधेशबाट ठूलो सङ्ख्यामा विद्यार्थी इन्जिनियरिङ पढ्न काठमाडौँ लगायत अन्य क्षेत्रमा जान बाध्य छन्,” मन्त्री पोखरेलले भने, “यसले अभिभावकमाथि आर्थिक भार बढाउनुका साथै व्यावहारिक समस्या सिर्जना गरेकाले आफ्नै प्रदेशमा अवसर सिर्जना गर्न लागिएको हो ।”

नयाँ क्याम्पसलाई परम्परागत अध्यापनमा मात्र सीमित नराखी अनुसन्धान, नवप्रवर्तन र आधुनिक प्रविधिको व्यावहारिक प्रयोगमा केन्द्रित गराइने सरकारको योजना छ । हाल त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा आङ्गिक क्याम्पस सञ्चालित छन् । मधेशमा नयाँ क्याम्पस थपिएसँगै इन्जिनियरिङ शिक्षाको भौगोलिक पहुँच थप विस्तार हुनेछ ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ११ : २२ बजे

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,