शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो « Khabarhub

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा घर भत्काएको छ ।

जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–८ का सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय निरज जप्रेलले जानकारी दिए ।

हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उनले बताए । हात्तीले बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयबासी त्रासमा छन् । 

डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढाइएको बताए ।

हात्ती धपाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायसित समन्वय गरिरहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ५ : ४५ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको