मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी « Khabarhub

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ ।

असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी-जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो ।

सडक अवरुद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ । उक्त सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ ।

यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्धका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा लालमणि अर्यालले बताए ।  

अहिलेसम्म ७० प्रतिशत बजारमा पठाइसक्नुपर्नेमा ३० प्रतिशतमात्रै स्याउ  जिल्ला बाहिर निकासी भएको उनले बताए । यहाँ उत्पादित स्याउमध्ये १० प्रतिशत मुस्ताङमै खपत हुने गरेको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ । गत वर्ष सात हजार मेट्रिक टन उत्पादन भएको थियो । उत्पादन वृद्धि भएकाले यस वर्ष झन्डै रु दुई अर्बको स्याउ बिक्री हुने उनको अनुमान छ ।

भारी वर्षाले अवरुद्ध बेनी-जोमसोम सडक मर्मतपछि सडक सञ्चालन भए पनि उक्त सडक पूर्ण रुपमा सहज भने अझै भइसकेको छैन । तर, यहाँका किसानले बजारमा स्याउको बिक्री गर्ने याम घर्किन लागेको हुँदा अहिले धमाधम स्याउ टिपेर बजार पठाउन थालेका छन् ।

मुस्ताङमा उत्पादित स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म बजारमा बढी खपत हुन्छ । तर यसपालि बेनी–जोमसोम सडक लामो समयसम्म अवरुद्ध हुँदा मुस्ताङका किसान तथा स्याउ व्यापारीले यहाँ उत्पादित स्याउ बजार पठाउन सकेनन् । 

सडक सञ्चालन भएसँगै मुस्ताङका पाँचै स्थानीय तहमा उत्पादन भएको स्याउ धमाधम बिक्रीका लागि बजार पठाउन सुरु गरिएको छ ।

मुस्ताङको घरपझोङ–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङका अनुसार बेनी–जोमसोम अवरुद्ध सडक सञ्चालन भएको दुई दिनमा छ ट्रक स्याउ काठमाडौँ पठाएको जानकारी दिए । उनका अनुसार ३० प्रतिशतमात्रै स्याउ बजार पठाउन सकिएको छ ।
 
 जिल्लास्तरीय बोर्ड निर्णयअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गते बगैँचाबाट टिप्न सक्ने व्यवस्था गरिएको थियो । रासस

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  १२ : २७ बजे

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको