अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ « Khabarhub

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार सम्झौता (यूएसएमसीए) अझै वैध र कार्यान्वयनमा रहेको स्पष्ट पारेकी छन् ।

सम्झौताको नियमित समीक्षा भइरहेको भए पनि त्यसलाई खारेज गर्ने प्रक्रिया सुरु भएको अर्थमा बुझ्न नहुने उनले बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता खारेज गर्न वा त्यसको सट्टा नयाँ सम्झौता ल्याउन सकिने सङ्केत गरिरहेका बेला शेनबामको यस्तो भनाइ आएको हो ।

शेनबामका अनुसार सम्झौतामा भएको व्यवस्थाबमोजिम लागू भएको छ वर्षपछि यसको कार्यान्वयन, प्रभावकारिता र आवश्यक सुधारका विषयमा समीक्षा गरिन्छ । उक्त समीक्षाले सम्झौतालाई थप १६ वर्षका लागि विस्तार गर्न तीनै देश सहमत छन् वा छैनन् भन्ने विषयको पनि टुङ्गो लगाउनेछ ।

मेक्सिको र क्यानडाले सम्झौतालाई थप १६ वर्षका लागि विस्तार गर्ने प्रस्ताव गरेका छन् भने अमेरिकाले आगामी १० वर्षसम्मको संरचना कायम राख्दै प्रत्येक वर्ष समीक्षा गर्ने प्रस्ताव अघि सारेको छ । यस विषयमा तीनै देशबीच छलफल जारी रहे पनि अन्तिम सहमति जुट्न सकेको छैन ।

राष्ट्रपति शेनबामका अनुसार समीक्षाका क्रममा मेक्सिकोको मुख्य प्राथमिकता अमेरिकामा निर्यात हुने आफ्ना सवारीसाधन, स्टिल र आल्मुनियममा लगाइएका भन्सार शुल्क घटाउनु तथा समीक्षा अवधिमा थप शुल्क लगाउनबाट रोक्नु हो ।

अमेरिकाले सम्झौतालाई स्वतः विस्तार नगर्ने निर्णय गरेपछि गत जुलाई १ देखि समीक्षा प्रक्रिया सुरु भएको हो ।

यस प्रक्रियाले उत्तर अमेरिकी क्षेत्रको व्यापार, औद्योगिक उत्पादन तथा तीनै देशबीचको आर्थिक सहकार्यको आगामी दिशालाई प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  १ : २८ बजे

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला