पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग « Khabarhub

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ, रासस–प्रतिष्ठान शाखाद्वारा राष्ट्रिय समाचार समिति(रासस० को केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा स्वर्गीय थामीकी श्रीमती कालिका खड्कालाई विभिन्न प्रतिस्ठानमा कार्यरत पत्रकार एवं राससकर्मीबाट सङ्कलित रकम प्रदान गरिएको हो ।

त्यस अवसरमा महासङ्घका अध्यक्ष निर्मला शर्मा र रासस प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद सापकोटाले दुई लाख ३० हजारको चेक राससकर्मी खड्कालाई हस्तान्तरण गरिन् । 

कार्यक्रममा अध्यक्ष शर्माले अकल्पनीय विपद्मा परी थामीसहित तीन पत्रकार गुमाउनुपरेको बताए। उनले थामी इमानदार र सक्रिय पत्रकार भएको स्मरण गरिन्। भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकारका परिवारलाई केन्द्रले तत्काल सहयोगका रूपमा एक-एक लाख प्रदान गरेको उहाँले जानकारी दिइन् ।

राससका महाप्रबन्धक सन्दीप राईले दुःखको घडीमा एकता र सहयोग प्रदर्शन गरिएकामा रासस शाखालाई धन्यवाद दिँदै शोकलाई शक्तिमा बदल्न पीडित परिवारलाई आग्रह गरे। 

राससका प्रमुख समाचारदाता एकराज पाठकले रासस परिवारका एक सदस्य गुम्नु आफूहरूको पनि परिवारको सदस्य गुम्नु भएको सन्दर्भ उल्लेख गर्दै आफन्त गुमाएर पीरव्यथामा बाँचेकाहरूले आ–आफ्नो जीवन अगाडि बढाउनुपर्ने नियति भएको बताए ।

महासङ्घको प्रतिष्ठान प्रदेशका उपाध्यक्ष एवं शाखाका पूर्वअध्यक्ष पवित्रा गुरागाईंले विपद्को समयमा आफूहरू एकजुट हुन सक्छौँ भन्ने सन्देश राससकर्मीले दिएको बताए।

संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित राससका समाचारदाता मधुकर अधिकारीले दुःखको समयमा आफूहरू जहाँ रहेर पनि साथमा रहँदै आएको बताए।

शाखाका अध्यक्ष सापकोटाले दुःखको समयमा सामूहिकता प्रदर्शन गर्न सहयोगको आह्वान गरिएको र छोटो समयमा सबैबाट ऐक्यबद्धता प्राप्त भएको जानकारी दिए ।

गत भदौ १० गते विनाशकारी बाढीमा बेपत्ता भएका नयाँ पत्रिका दैनिकका पत्रकार थामीको यही असोज ३ गते कुशको शव बनाएर अन्त्येष्‍टि गरिएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ५ : ५३ बजे

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक