म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर « Khabarhub

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् । 

वनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफ जेड एफ आई  मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् ।

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दसैँको समयमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् ।  

पुरस्कार जित्दाको अनुभव सुनाउँदै धादिङको गल्छीका विजेता संजोग रिमालले भने, ‘क्यान खोल्दा यस्तो ठूलो सरप्राइज पाइएला भन्ने सोचेकै थिइनँ । पुरस्कार जितेको थाहा पाउँदा एकछिन विश्वासै लागेन । यसपालिको दसैँ म्याक्स टाइगरले साँच्चिकै विशेष बनाइदियो ।’

म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो । अभियानअन्तर्गत १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफ जेड एफ आई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।

अभियानअन्तर्गत सुरुवाती चरणमै तीन फरक स्थानका उपभोक्ता विजेता बनेपछि चाडपर्वको उत्साह थप बढेको कम्पनीले जनाएको छ । दसैँको अवसरमा उपभोक्तालाई पेय पदार्थसँगै खुसी, रोमाञ्च र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको यस अभियानले आगामी दिनमा अझ धेरै उपभोक्ताको दसैँ विशेष बनाउने अपेक्षा गरिएको छ ।

‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियान अझै जारी रहेकाले पुरस्कार जित्ने अवसर बाँकी नै छ । म्याक्स टाइगरको प्रत्येक क्यानसँग जोडिएको सरप्राइजले उपभोक्तामा थप उत्सुकता जगाएको छ । यो दशैंमा म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जासँगै ‘के थाहा, अर्को पुरस्कार आफ्नै नाममा पो छ कि’ भन्ने उत्सुकता पनि थपिरहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ६ : ४५ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले