कतार र इस्टोनियासँग सूचना प्रविधिमा सहकार्य विस्तार गर्ने नेपालको प्रस्ताव « Khabarhub

कतार र इस्टोनियासँग सूचना प्रविधिमा सहकार्य विस्तार गर्ने नेपालको प्रस्ताव


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को सन् २०२६ को महासम्मेलन (आइटियु पीपी–२६) मा सहभागी हुन कतारको दोहा पुगेका मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल मन्नाईसँग द्विपक्षीय भेटवार्ता गरेका हुन्।

नेपाली राजदूतावास, दोहाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा आयोजित सम्मेलनका क्रममा भएको भेटमा मन्त्री तिमिल्सिनाले गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएकोमा कतार सरकारप्रति आभार व्यक्त गरे।

उनले सन् २०२४ अप्रिलमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले गरेको नेपालको राजकीय भ्रमणको स्मरण गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र दीर्घकालीन मित्रताको चर्चा गरे। साथै, नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव नजिकिँदै गरेकोमा खुसी व्यक्त गरे।

भौगोलिक विविधता भएको नेपालका लागि दूरसञ्चार क्षेत्रको महत्त्व उल्लेख गर्दै उहाँले यस क्षेत्रमा कतारले हासिल गरेको प्रगतिको प्रशंसा गरे। भेटमा दुवै देशबीच सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सहकार्यका सम्भावना र अवसर विस्तार गर्ने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, मन्त्री तिमिल्सिनाले इस्टोनियाका न्याय तथा डिजिटल मामिलामन्त्री लिसा–लि पाकोस्टासँग पनि छुट्टै द्विपक्षीय भेटवार्ता गरेका थिए।

भेटमा उनले प्रविधि विकास तथा डिजिटल रूपान्तरणका क्षेत्रमा इस्टोनियाले हासिल गरेको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए। दुवै पक्षले दूरसञ्चारसहित सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रमा सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए ।

आइटियु पीपी–२६ सम्मेलनका क्रममा विभिन्न द्विपक्षीय भेटवार्ता तथा अन्य महत्त्वपूर्ण कार्यक्रममा सहभागी भएका मन्त्री तिमिल्सिना आज राति दोहाबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली राजदूतावास, दोहाले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ६ : ४० बजे

इरानसँग सम्झौता गर्न अमेरिकालाई आवश्यकता छैन : ट्रम्प

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न अमेरिकालाई

आज काठमान्डु–सुदूरपश्चिम र चितवन–जनकपुरबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्

नरैनापुरमा घरबाटै सार्वजनिक सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

खजुरा – बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकाले सार्वजनिक

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

दमौली– तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको

कतार र इस्टोनियासँग सूचना प्रविधिमा सहकार्य विस्तार गर्ने नेपालको प्रस्ताव

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग