धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, पाँच घाइते « Khabarhub

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, पाँच घाइते


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बुधबार साँझ धनगढीबाट फूलबारीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरचालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बमको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरी, उहाँकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र सात वर्षीया छोरी ममता चौधरी घाइते भएका छन् ।

त्यस्तै, स्कुटरमा सवार धनगढी–५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बविता मल्ल पनि घाइते भएका छन् । दुर्घटनामा घाइते पाँचै जनाको अवस्थाबारे थप विवरण प्राप्त भएको छैन ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ७ : ३९ बजे

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, पाँच घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा

सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङ– बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि

इरानसँग सम्झौता गर्न अमेरिकालाई आवश्यकता छैन : ट्रम्प

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न अमेरिकालाई

आज काठमान्डु–सुदूरपश्चिम र चितवन–जनकपुरबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्

नरैनापुरमा घरबाटै सार्वजनिक सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

खजुरा – बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकाले सार्वजनिक