तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बलेरो जिप दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएका छन् ।
बुधबार दिउँसो दुलेगौडाबाट स्याङ्जाको चिसापानीतर्फ जाँदै गरेको ग १ ज ७४१० नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटना हुँदा जिपमा चालकसहित सात जना सवार थिए । तीमध्ये छ जना घाइते भएका छन् भने एक जना सकुशल रहेका छन् ।
दुर्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका–१ खैरिकोटका ३२ वर्षीय जिप चालक शिवबहादुर गुरुङ, २९ वर्षीय अमरबहादुर गुरुङ, ९४ वर्षीय रनबहादुर गुरुङ, ३९ वर्षीया निशा राना, ४८ वर्षीय चन्द्रबहादुर गुरुङ र ३४ वर्षीय मिलन गुरुङ घाइते भएका छन् ।
घाइते सबैको दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया