इरानमाथि फेरि सैन्य आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी « Khabarhub

इरानमाथि फेरि सैन्य आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले चाहेको दिशाभन्दा विपरीत गए पुनः सैन्य आक्रमण गर्न पछि नहट्ने चेतावनी दिएका छन् ।

ट्रम्पले बिहीबार ‘सेलम न्युज’ नेटवर्कलाई दिएको अन्तर्वार्तामा इरानमाथि पुनः सैन्य कारबाही गर्ने सम्भावनाबारे बोल्दै त्यसका लागि आफूलाई कुनै हिचकिचाहट नहुने बताएका हुन् ।

‘यदि मलाई इरानको अवस्था गलत दिशातर्फ गइरहेको महसुस भयो भने म फेरि सैन्य कारबाही गर्नेछु । सम्भवतः अहिले पनि त्यस्तो गर्न सक्छु । यसमा मलाई कुनै हिचकिचाहट हुनेछैन,’ उनले भनेका छन् ।

अन्तर्वार्ताका क्रममा ट्रम्पलाई आफ्नो कार्यकालमा ह्वाइट हाउस छाड्दासम्म इरानको वर्तमान सरकार सत्तामै रहे त्यसलाई आफ्नो हारका रूपमा लिने कि नलिने भन्ने प्रश्न गरिएको थियो । जवाफमा उनले त्यसलाई निश्चित रूपमा आफ्नो हार मान्ने बताए।

त्यस्तै, इरानले अमेरिकाका कुनै वरिष्ठ अधिकारीको हत्या गरे वासिङ्टनको प्रतिक्रिया के हुन्छ भन्ने प्रश्नमा ट्रम्पले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने संकेत गरे।

‘त्यस्तो अवस्थामा उनीहरूको केही पनि बाँकी रहने छैन,’ उनले चेतावनी दिए।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ९ : ३० बजे

इरानमाथि फेरि सैन्य आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले चाहेको दिशाभन्दा विपरीत

मुगुमा मुन्दु र सेरा जोड्ने झोलुङ्गे पुल बन्ने, ३० लाख बजेट विनियोजन

मुगु– मुगुको मुन्दु गाउँ र सेरा जोड्ने २५० मिटर लामो

मृतकका परिवारलाई ५० हजार दिने चक्रघट्टाको निर्णय, आज शोक बिदा

सर्लाही– मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना १३ जनाको मृत्यु

यूएईमा ट्रकले २८ सवारीसाधनलाई ठक्कर दिँदा १४ जनाको मृत्यु

एजेन्सी– संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा एक ट्रकले नियन्त्रण गुमाएर

तनहुँमा बलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बलेरो जिप दुर्घटना हुँदा चालकसहित