अमेरिकी सिनेटमा नेतृत्वका लागि शुमरलाई भ्यान होलेनको चुनौती « Khabarhub

अमेरिकी सिनेटमा नेतृत्वका लागि शुमरलाई भ्यान होलेनको चुनौती


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी सिनेटमा डेमोक्रेटिक दलको नेतृत्व परिवर्तनको माग चर्किरहेका बेला सिनेटर क्रिस भ्यान होलेनले वर्तमान नेता चक शुमरलाई नेतृत्वका लागि चुनौती दिने घोषणा गरेका छन् ।

६७ वर्षीय भ्यान होलेनले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत सिनेट बहुमत नेताको पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । श्रमिकविरुद्धको धाँधली र राजनीतिक भ्रष्टाचारका कारण अमेरिकी अर्थतन्त्र प्रभावित भइरहेको उल्लेख गर्दै उहाँले त्यसलाई सम्बोधन गर्न नयाँ नेतृत्व आवश्यक रहेको बताए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई पराजित गर्दै डेमोक्रेटिक दलले कङ्ग्रेसका दुवै सदनको नियन्त्रण पुनः प्राप्त गरेको केही दिनमै भ्यान होलेनको घोषणाले पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा थप चर्काएको छ ।

७५ वर्षीय शुमरले नोभेम्बर ३ मा सम्पन्न निर्वाचनपछि सिनेटमा आफ्नो दलको नियन्त्रण पुनः स्थापित भए पनि नेतृत्वबाट हट्नुपर्ने दबाब सामना गर्दै आएका छन् । भ्यान होलेन भने उहाँलाई औपचारिक रूपमा चुनौती दिने पहिलो सिनेटर बनेका छन् ।

भ्यान होलेनलाई डेमोक्रेटिक दलका केही प्रगतिशील नेताहरूको समर्थन प्राप्त भएको छ । डेमोक्रेटिक दलसँग सहकार्य गर्दै आएका वामपन्थी स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले यसै साता शुमरलाई नेतृत्वमा निरन्तरता दिन आफूले समर्थन नगर्ने बताएका हुन् ।

त्यस्तै, मिशिगनका नवनिर्वाचित सिनेटर अब्दुल एल–सायेदले पनि सामाजिक सञ्जाल एक्समार्फत भ्यान होलेनलाई समर्थन जनाएका छन् ।

यता, शुमरले पार्टीको भविष्यबारे हुने छलफललाई स्वागत गरे । उनले डेमोक्रेटिक नेताका रूपमा निरन्तरता पाउन आफूलाई आवश्यक समर्थन रहेको दाबी गर्दै नयाँ बहुमतको नेतृत्व गरेर अमेरिकी जनताका लागि काम गर्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ११ : ०५ बजे

अमेरिकी सिनेटमा नेतृत्वका लागि शुमरलाई भ्यान होलेनको चुनौती

वासिङ्टन– अमेरिकी सिनेटमा डेमोक्रेटिक दलको नेतृत्व परिवर्तनको माग चर्किरहेका बेला

गिनीमा अवैध सुन खानी बन्द गर्ने निर्णयपछि झडप, १० जनाको मृत्यु

कोनाक्री– अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि सुरक्षा बल र

जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधार जोगाउन अन्तर्राष्ट्रिय सहयोग माग

काठमाडौँ– नेपालले जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण, डिजिटल विभाजन न्यूनीकरण

पर्यटकको आकर्षण बन्दै गोरखाको न्याउली झरना (तस्बिरहरू) 

गोरखा -उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, लापुबँसीस्थित न्याउली झरना पछिल्लो समय

युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त