आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार सन् २०२६ जनवरी १३ तारिख । माघ कृष्ण पक्षको दशमी तिथि । राष्ट्रिय भाक्का दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित   सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : समय राम्रो छ । बोलीमा सरस्वती बसेकाले सबैले प्रशंसा गर्नेछन् । बोल्दा ख्याल गर्नुपर्छ । शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन् । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारमा भने विश्वासको अभाव देखिन्छ ।

वृष : दिन राम्रो छ । आम्दानी हुने दिन छ । पूर्वको यात्रा गरेमा अचानक धन खर्च हुनेछ । परिवारको साथमा हुने भएकाले दिन रमाइलोसँग बित्नेछ । प्रेमीसँग भेट हुनेछ ।

मिथुन : शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । आर्थिक उन्नति हुनेछ । मानसिक खटपटीले आफूलाई घाटा गर्नेछ । पारिवारिक मेलमिलाप हुनेछ।

कर्कट : दैनिकी सामान्य छ । गुमेको धन र हराएका साथी भेटिने योग रहेको छ । खुट्टा तान्ने सक्रिय रहेकाले सचेत भएर काम गर्नुपर्ने देखिन्छ । आजको दिन विचार पुर्याएर आफूलाई सुरक्षित राख्नु राम्रो हुन्छ ।

सिंह : समय राम्रो छ । स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्र सबल देखिन्छ । पेट सम्बन्धी समस्या देखिन सक्छ । परिवारको साथ मिल्नेछ ।

कन्या : समय राम्रो छ । हरेक क्षेत्र सबल छन् । स्वदेशमै विकल्प देख्न सकिन्छ । परिवारमा भने विश्वासको अभाव हुनेछ । गणेशको दर्शन गरेमा दिन अझ सहज हुनेछ ।

तुला : हरेक क्षेत्र अब्बल छन् । आज परोपकार गर्नु राम्रो हुन्छ । धेरै मानिसले तपाईंको प्रतिक्षा गर्नेछन् । पारिवारिक शुत्रबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ ।

वृश्चिक : दिन सामान्य छ । ठुलो काममा हात नहाल्नु राम्रो हुन्छ । हरेक क्षेत्रमा आरोप प्रत्यारोप र विरोधका स्वर सुन्न सकिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ ।

धनु : कामको प्रशंसा हुनेछ । शिक्षामा सफलता मिल्नेछ । बोलीको प्रभाव देखिने योग रहेको छ । विचार गरेर बोल्नु राम्रो हुन्छ ।

मकर : समय सामान्य छ । हरेक क्षेत्र विवादित रहे पनि शिक्षामा गरेको लगानी र श्रमबाट लाभ प्राप्त हुनेछ । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : समय राम्रो छ । कर्मको फल मिल्नेछ । तपाईंलाई न्याय हुनेछ । पन्छीलाई दाना दिनु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ ।

मीन : दैनिकी राम्रो छ । अचानक धन खर्च हुने भए पनि धर्म र समाजसेवामा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रमा भइरहेको प्रयास सफल हुनेछ । परिवारमा खटपटी हुनेछ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : ३१ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा