कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै « Khabarhub

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

छलफलको स्थान र समय टुंगो लाग्न बाँकी


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन समूह र विशेष महाधिवेशन समूहले वार्ता समिति बनाएका छन्।

पार्टी संस्थापन समूहका तर्फबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाण सदस्य छन्। संस्थापन पक्षले खाणलाई समिति सदस्य थप गरेको हो। उता विशेष महाधिवेशन पक्षबाट नेता प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्ता समितिमा सदस्य छन्। वार्ताका लागि समिति बने पनि छलफलका लागि समय र स्थान भने तय भइनसकेको संस्थापन पक्षका नेता रमेश लेखकले जानकारी दिएका छन्।

यसअघि सोमबार दिउँसो नेता शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गरेर दुई समूहबीच छलफलको वार्ताको वातावरण बनाउन समिति बनाउने प्रस्ताव गरेका थिए। त्यसलगत्तै देउवालाई उनले यसबारे जानकारी गराएका थिए।

कांग्रेसको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए। तर सभापति शेरबाहदुर देउवासहित संस्थापन समूहले त्यसलाई दबाउन खोजेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका थिए।

सोहीअनुसार आइतबार विशेष महाधिवेशन उद्घाटन भएर सोमबार बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा केन्द्रीय समिति विघटनको प्रस्ताव पेस गरिएको छ। बहुमत सदस्य पार्टी विशेष महाधिवेशनको पक्षमा रहेको थाहा पाएको संस्थापन समूह बल्लतल्ल वार्ताका लागि तयार भएको हो।

संस्थापन पक्षले विशेष महाधिवेशनमा चासो दिएपछि सोमबारसम्म भनिको महाधिवेशन समय लम्बिएको छ। आजै कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकसमेत बोलाएको छ। केन्द्रीय कार्यसमिति बैठक बिहान ११ बजे पार्टी मुख्यालय सानेपामा सुरु हुँदैछ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : ०६ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये