कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै « Khabarhub

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

छलफलको स्थान र समय टुंगो लाग्न बाँकी


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन समूह र विशेष महाधिवेशन समूहले वार्ता समिति बनाएका छन्।

पार्टी संस्थापन समूहका तर्फबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाण सदस्य छन्। संस्थापन पक्षले खाणलाई समिति सदस्य थप गरेको हो। उता विशेष महाधिवेशन पक्षबाट नेता प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्ता समितिमा सदस्य छन्। वार्ताका लागि समिति बने पनि छलफलका लागि समय र स्थान भने तय भइनसकेको संस्थापन पक्षका नेता रमेश लेखकले जानकारी दिएका छन्।

यसअघि सोमबार दिउँसो नेता शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गरेर दुई समूहबीच छलफलको वार्ताको वातावरण बनाउन समिति बनाउने प्रस्ताव गरेका थिए। त्यसलगत्तै देउवालाई उनले यसबारे जानकारी गराएका थिए।

कांग्रेसको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए। तर सभापति शेरबाहदुर देउवासहित संस्थापन समूहले त्यसलाई दबाउन खोजेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका थिए।

सोहीअनुसार आइतबार विशेष महाधिवेशन उद्घाटन भएर सोमबार बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा केन्द्रीय समिति विघटनको प्रस्ताव पेस गरिएको छ। बहुमत सदस्य पार्टी विशेष महाधिवेशनको पक्षमा रहेको थाहा पाएको संस्थापन समूह बल्लतल्ल वार्ताका लागि तयार भएको हो।

संस्थापन पक्षले विशेष महाधिवेशनमा चासो दिएपछि सोमबारसम्म भनिको महाधिवेशन समय लम्बिएको छ। आजै कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकसमेत बोलाएको छ। केन्द्रीय कार्यसमिति बैठक बिहान ११ बजे पार्टी मुख्यालय सानेपामा सुरु हुँदैछ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : ०६ बजे

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम