विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग « Khabarhub

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।

भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा दुई लाख रुपैयाँ खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको ट्याङ्कीको समेत व्यवस्था गरेका छन् । निर्माणकर्ता प्रधानले दुवै संरचना विद्यालयका प्रधानाध्यापक शरणकुमार राईलाई हस्तान्तरण गरे ।

स्वच्छ खानेपानी विद्यार्थीको अधिकार भएकाले आफूले धारा निर्माण गरिदिएको प्रधानले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गोपाल कार्की तथा निर्माणकर्ता उजिरबहादुरले धाराको उद्घाटन गरे ।

सोही अवसरमा विद्यालयका पूर्वविद्यार्थी डा. विनोद पराजुलीले सहयोग गरेको २० हजार रकमबाट विद्यालयका विद्यार्थीलाई नेपाली टोपी वितरण गरिएको प्रअ राईले बताए ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : ३९ बजे

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्