विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा « Khabarhub

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन, विशेष महाधिवेशन र शेखर कोइराला समूहको वार्ता सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा भर्खरै वार्ता सुरु भएको हो । वार्तामा पार्टी संस्थापन समूहका तर्फबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाण सहभागी छन् भने विशेष महाधिवेशन पक्षबाट नेता प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे उपस्थित छन् । वार्तामा डा. कोइराला समूहबाट जीवन परियार र डा. मिनेन्द्र रिजाल उपस्थित रहेका छन् ।

यसअघि सोमबार दिउँसो नेता शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गरेर छलफलको वार्ताको वातावरण बनाउन समिति बनाउने प्रस्ताव गरेका थिए।

कांग्रेसको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए। तर सभापति शेरबाहदुर देउवासहित संस्थापन समूहले त्यसलाई दबाउन खोजेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वानमा विशेष महाधिवेशन जारी छ । अहिलेसम्म बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भइसकेका छन् । यसले संस्थान पक्ष दबाबमा परेको छ ।

आइतबार विशेष महाधिवेशन उद्घाटन भएर सोमबार बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा केन्द्रीय समिति विघटनको प्रस्ताव पेस गरिएको छ। बहुमत सदस्य पार्टी विशेष महाधिवेशनको पक्षमा रहेको थाहा पाएको संस्थापन समूह वार्ताका लागि तयार भएको हो।

संस्थापन पक्षले विशेष महाधिवेशनमा चासो दिएपछि सोमबारसम्म भनिको महाधिवेशन समय लम्बिएको छ। आजै कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकसमेत बोलाएको छ। केन्द्रीय कार्यसमिति बैठक बिहान ११ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बताइएको भए पनि विशेष महाधिवेशनमा सहभागी केन्द्रीय सदस्यले बैठकमा सहभागी नहुने प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ९ : २४ बजे

सुरु भयो रातो मच्छिन्द्रनाथको रथयात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा मंगलबारदेखि

शिक्षामन्त्रीको अपरिपक्व निर्णय श्रृंखलाले बालेन सरकारलाई नै पार्दैछ अप्ठ्यारोमा

काठमाडौं- फागुन २१ गतेको निर्वाचनताकाबाटै चर्चामा थिए सस्मित पोखरेल ।

यूएईद्वारा नेपालसामु १२९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– यूएईले नेपालसामु १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुनसक्ने

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका

सुधारमार्फत योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान सुदृढ गरिने : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ले राष्ट्रिय योजना आयोग र नीति