अभियन्ता सायमी नेकपामा प्रवेश गर्दै, केन्द्रीय सदस्य पाउने « Khabarhub

अभियन्ता सायमी नेकपामा प्रवेश गर्दै, केन्द्रीय सदस्य पाउने


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन् । बुधबार नेकपाको वृहत एकता तथा केन्द्रीय सदस्य सार्वजनिक गर्ने कार्यक्रममार्फत उनी नेकपामा प्रवेश गर्न लागेका हुन् ।

सायमीलाई नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल लगायतले लामो समयदेखि पार्टीमा भित्र्याउन कसरत गरेका थिए । सायमीलाई नेकपाले केन्द्रीय सदस्य बनाएर पार्टीमा भित्र्याउन लागेको बुझिएको छ।

सायमीले खबरहबलाई दिएको जानकारी अनुसार ४० जना काठमाडौँका आदिवासी समुदायसहित उनी नेकपामा प्रवेश गर्न लागेका हुन् ।

‘म राष्ट्रिय मुक्ति पार्टीसँग असन्तुष्ट भएर नेकपामा प्रवेश गर्न लागेको होइन । अहिलेको आवश्यकता विभिन्न पार्टीबीचको ध्रुवीकरणकाे मागलाई मध्यनजर गर्दै हाम्रो समूह त्यता प्रवेश गर्न लागेको हो,’ सायमीले खबरहबलाई भने, ‘ढिलो चाँडो मुक्ति पार्टी पनि नेकपामा प्रवेश गर्ने कुरामा म ढुक्क छु।

सायमी काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा रहेको समेत जानकारी गराएका छन्। यो क्षेत्रबाट २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठ विजयी भएका थिए। अहिले पनि श्रेष्ठ त्यही ठाउँबाट निर्वाचन लड्न रास्वपाबाट एकल सिफारिस भएका छन्।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ११ : ५५ बजे

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा