सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न « Khabarhub

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चौतारा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको अधिवेशन सम्पन्न गरेको छ ।

राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाका अनुसार नौ गाउँपालिका र तीन नगरपालिकामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । 

अधिवेशनबाट मेलम्ची नगरमा रामशरण महरा, चौतारा साँगाचोकगढी नगरमा शेरबहादुर ठकुरी, बाह्रबिसे नगरमा श्याम भण्डारी निर्वाचित भएका छन् ।

यसैगरी, पाँचपोखरी गाउँ कार्यसमितिको अध्यक्षमा नातिकाजी सापकोटा, सुनकोशीमा सरोज केसी, इन्द्रावतीमा गणेश खड्का, लिसंखुपाखरमा चक्रबहादुर केसी, हेलम्बुमा सुरेश तामाङ, जुगलमा चित्रबहादुर सिलवाल, भोटेकोशीमा मिङमार शेर्पा, त्रिपुरासुन्दरीमा मोहनजङ्ग पाण्डे र बलेफीमा जितबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् । 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : ०६ बजे

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा