त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी « Khabarhub

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको गाडीको उत्खनन कार्य आज पनि जारी छ।

आइतबार बिहान सिमलतालभन्दा केही तल त्रिशूली नदीको किनारमा गाडीका पार्टपुर्जा देखिएको सूचना प्राप्त भएपछि खोज तथा उत्खननका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानुबाट टोली खटिएको थियो।

नदी किनारमा देखिएका पार्टपुर्जा २०८१ असार २८ गते बिहान चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले पुरेर त्रिशूली नदीमा बेपत्ता भएको गाडी हुनसक्ने आशंका गरिएको छ।

वीरगञ्जबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस पहिरोले पुरिएर नदीमा बेपत्ता भएका थिए।

उत्खनन तथा थप पहिचानको काम जारी रहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : ५० बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय