नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन « Khabarhub

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ । सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो । 

साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ । 

साथै, बैंकको आजै बसेको सञ्चालक समितिको ६९९औँ बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा सञ्चालक निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट शपथपछि उनले अध्यक्षको कार्यभार सम्हाल्नेछन् । 

चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले ५ अर्ब रुपैयाँ (प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ५ करोड कित्ता) बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नयाँ पुँजी उपकरण जारी गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : ०० बजे

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको