खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको सुझाव : दशौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुहोस्, सहयोग गर्छौँ « Khabarhub

खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको सुझाव : दशौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुहोस्, सहयोग गर्छौँ


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संघीय सरकारले पूर्वतयारी नगरेको बताएका छन् । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासहितको प्रतिनिधिमण्डलसँग आज सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री कडेलले प्रतियोगितको मिति मात्र तोकेर नहुने भन्दै आफनो तर्फबाट तयारी गर्न सुझाव दिएका हुन् ।

मुख्यमन्त्री कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए । छलफलमा मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोक्ने संघीय सरकारले अहिलेसम्म तयारी नगरेकोमा असन्तुष्टी जनाए ।

उनले भने, ‘हाम्रो तपाईहरु खेलकुद खेलाउने गरि आउनुस हाम्रो हाम्रो तर्फवाट पूर्ण सहयोग रहन्छ, तर पटक पटक मिति तोकेर झुक्याउने काम नगर्नुहोस् ।’

मुख्यमन्त्री कँडेलले खेलकुदका लागि चाहिने सामाग्रीसमेत खरिद नगरेकोले फागुणमा कसरी खेल खेलाउनुहुन्छ भन्ने प्रश्न समेत गरे । उनले भने, ‘अहिलेसम्म खेलका लागि चाहिने सामान खरिद प्रक्रियासमेत गर्नु भएको रहनेछ, एक महिनामा कसरी खेल खेलाउने गरि तयारी गर्नुहुन्छ ?’

मुख्यमन्त्री कँडेलले कर्णालीमा राष्ट्रिय खेलकुद उद्घाटन गरेर अन्तै खेलाउने काम प्रदेश सरकारले स्वीकार नगर्ने बताए । मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोकेर खेल नगराउने तर प्रदेश सरकारको जिम्मा छोडने काममा असन्तुष्टी जनाए । उनले भने, तपाईहरुको कारणले प्रतियोगितको मिति सरिरहेको छ, जनतालाई ढाटने काम नगर्नुहोस् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : ३४ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि