विशेष महाधिवेशन शतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न हैन : सुवास पोखरेल « Khabarhub

विशेष महाधिवेशन शतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न हैन : सुवास पोखरेल


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले महाधिवेशन प्रतिनिधिहरू शेरबहादुर देउवा पक्षसँग वार्ता गर्न गए पनि भागबण्डाका लागि नगएको स्पष्ट पारेका छन् । 

देउवा पक्षका नेताहरूले अफबाह फैलाउँदै ४० प्रतिशत भाग खोज्न विशेष महाधिवेशन गरेको आरोप लगाइरहँदा संयोजक पोखरेलले भने, ‘यो विशेष महाधिवेशन शतप्रतिशतका लागि हो ४० प्रतिशतका लागि हैन ।’

उनले अगाडि भने, ‘हामीले भागबण्डा गर्न पठाएका होइनौँ । वार्ता हाम्रो नेतृत्व परिवर्तनका लागि हो ।’

कांग्रेस पार्टीको विशेष महाधिवेशनको सबै जरा यही रहेको भन्दै हेप्ने अधिकार कसैलाई नभएको बताए । राजाले हेप्दा सत्ता गएको भन्दै अब हेपाइ कसैको पनि नसहने उनले बताए । 

उनले निर्वाचन कार्यतालिका आइसकेको भन्दै शेरबहादुरलाई समेत महाधिवेशनमा मनोनयन गर्न आग्रह गरे । पोखरेलले नेतृत्वसँग संवाद  र प्रकृया पनि सँगसँगै हुने बताए ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : ५० बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर