सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत « Khabarhub

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ ।

पुष २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरिएको जानकारी दिए ।

बैठकले दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ भने इलामको फिक्कल, सोलुखुम्बुको सोताङ, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत एवं नापी कार्यालय स्थापना गर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै बैठकले म्यानमारमा भइरहेको निर्वाचनमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रुपमा माघ ९ देखि १२ गतेसम्म सहभागी हुन निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरलाई स्वीकृति दिने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले पञ्चवर्षीय वित्तीय क्षेत्र विकास रणनीति स्वीकृत गर्ने र नेपाली सेनाका तीन जना महासेनानीहरुलाई सहायक रथीमा बढुवा गर्ने र दुई जना महासेनानीहरुको सरुवा गर्ने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : १६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित