जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै « Khabarhub

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जर्मन कम्पनी ‘भोल्सवागन’ ले सन् २०२५ मा चीनमा दुई लाख ६९ हजार सवारीसाधन बिक्री गरेको छ । यसले कम्पनीको कुल बिक्रीको करिब ३० प्रतिशत हिस्सा चीनले ओगटेको देखाउँछ ।

गत वर्ष कम्पनीले दुई लाख ५७ हजार इन्धन चालित सवारीसाधन बेच्यो र नयाँ विद्युतीय तथा स्मार्ट सवारीसाधन पनि बजारमा ल्यायो । यसमा ‘अडी जीरो एल ६ ई–ट्रोन’ र ‘अडी ई ५’ स्पोर्टब्याक समावेश छन् ।

भोल्सवागनले निर्यात पनि सुरु गरेको छ । पहिलो सवारीसाधन मध्यपूर्वमा पठाइएको थियो । कम्पनीले आगामी दिनमा एसियाली राष्ट्र, मध्यपूर्व, मध्य एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा निर्यात बढाउने योजना बनाएको छ ।

सन् २०२६ मा चीनमा २० भन्दा बढी पूर्ण विद्युतीय, प्लग–इन हाइब्रिड र रेंज–एक्सटेन्डेड मोडेलहरू ल्याइनेछन् । यी सवारीसाधन नयाँ ब्याट्री, विद्युतीकरण प्रविधि, स्मार्ट प्रणाली र चालक सहायता प्रविधि सहित उपलब्ध हुनेछन् ।
 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : २१ बजे

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौं– मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

दाङ– १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई

पछिल्लो २४ घण्टामा विपद्का २६ घटना, एक जनाको मृत्यु, ८ घाइते 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा आगलागी, चट्याङ, पहिरो, सर्पदंश तथा

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ– चालु आर्थिक वर्ष २०८२-८३ को दश महिनामा पाँच लाख

डाबरको मह न्यून गुणस्तरको भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन 

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रालिद्वारा