कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही समयमै स्थगित गरिएको छ। 

कार्यवाहक सभापति खड्का वार्तामा व्यस्त रहेकाले बैठक उपसभापति धनराज गुरुङले सुरु गरेका थिए ।

बैठक सुरु भएको खबर पाउनासाथ नेतृत्व तहमा थप छलफल आवश्यक ठहरिएपछि बैठक स्थगित गरिएको जनाइएको छ । स्थगित बैठक भोलि बिहान ८ बजे बस्ने गरी तय भएको नेता गुरु बरालले जानकारी दिए ।

बालुवाटारमा महाधिवेशन आयोजक पक्ष, सभापति शेरबहादुर देउवा समर्थक पक्ष र नेता शेखर कोइराला पक्षधरबीचको त्रिपक्षीय वार्तापछि सहमतिको विन्दु तयार हुन्छ कि भन्ने हेतुले भोलि ८ बजेसम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : ३९ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित